FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न होमडेलिभरी गर्ने

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न होमडेलिभरी गर्ने

    काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो । नागरिकले खाद्य सामग्री मगाए मोवाइल भ्यानमार्फत नै घरमा दाल चालम लगाएतका खाद्य सामाग्री घर–घरमा पुराउने व्यवस्था भएको पराजुलीले बताउनुभयो । त्यस्तै, उहाले कोरोना नियन्त्रण गर्न थप गरिएको एक साताको निषेधाज्ञालाई कडाई गरिने स्पष्ट पार्नुभयो ।

    पराजुलीले प्रशासनले जारी गरेको निषेधाज्ञालाई उलंघन गरिए कडा कारवाही गरिने चेतावनी पनि दिनुभयो । उपत्यकामा कोरोना संक्रमण थप फैलन नदिन नाकामा पनि थप कडाई गरिएको उहाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित