FLASH NEWS
- Loading...
यस वर्ष १८ हजार १ सय मेट्रिक टन धानको बीउ बिक्री
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको


यस वर्ष १८ हजार १ सय मेट्रिक टन धानको बीउ बिक्री वितरण भएको छ । बीउ बिजन गुणस्तर केन्द्रका अनुसार नेपालमा सूचीकृत धानको जात मध्ये १४ हजार मेट्रिक टन र विदेशबाट ल्याइएका विभिन्न जात मध्ये ४१ सय धानको बीउ विक्री भएको छ । ७५ प्रतिशत किसानले आफैले राखेको धानको बीउ प्रयोग गरेका छन् भने २५ प्रतिशत किसानहरुले माग गरेका थिए । किसानहरुले अफैले उत्पादन गरेको धानको बिउ राख्दा खासै असर नगर्ने केन्द्रले जनाएको छ । नेपालमा ७२ हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । नेपालमा सूचीकृत धानको जात ६८ वटा रहेको छ भने विदेशबाट आयात सूचीकृत ५५ जात रहेका छन् । ठाउँ विशेषमा आफ्ना आफ्ना लोकल धानका जातहरू पनि किसानहरूले लगाउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
