FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मल पर्याप्त छः कृषि मन्त्रालय

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    मल पर्याप्त छः कृषि मन्त्रालय

    कृषि तथा पशुपन्छी मन्त्रालयले मल अभाव नभएको जनाएको छ । निषेधाज्ञाको समयमा किसानहरुले सहजै मल तथा बिउविजन नपाएको गुनासो आउन थालेपछि मन्त्रालयले विज्ञप्ती जारी गर्दै मल अभाव नरहेको जनाएको छ । साथै, मल वितरणको जिम्मेवारी पाएको कृषि सामाग्री कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनी लिमिटेडलाई पत्राचार गरी रासायनिक मलखाद तथा बीउ ब्रिकी वितरणमा किसानहरुको गुनासो नआउने गरी व्यवस्थित र सहजतापुर्वक किसानमाझ पुर्याउन निर्देशन दिएको छ । कृषि सामाग्री कम्पनीसँग हाल १७ हजार ६ सय ६६ मेट्रिक टन युरिया, डिएपी ४४ हजार चार सय ४२ मेट्रिक टन तथा पोटास चार हजार चार सय २६ मेट्रिक टन रहेको जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङका अनुसार करिब १९ हजार मेट्रिक टन युरिया, २१ हजार मेट्रिक टन डिएपी र चार हजार मेट्रिक टन पोटास स्टक रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित