FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक

    अर्थमन्त्रालयले चालु आवमा ४. ०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन हुने बताएको छ । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै मन्त्री विष्णुप्रसाद पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न तेस्रो चौमासिकमा आएको कोरोना माहामारीका कारण कठीन रहने बताउनुभएको छ । सरकारले चालु वर्षमा आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो भने केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । तर वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यो अनुमान पूरा गर्न चूनौतिपूर्ण रहेको उहाले बताउनुभयो ।

    आर्थिक बर्ष २०७७–७८ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा कृषिमा २.६ प्रतिशत, उद्योगमा ५.० प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानीमा ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

    चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.५ प्रतिशतले सुधार भई २९ अर्ब १६ करोड रहेको छ । त्यसैगरी राजस्व परिचालन क्षमता सुदृढ भई चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०७६–७७ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च ११ खर्ब ९१ अर्ब ६ करोड रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६.० प्रतिशत, पुँजीगत खर्च ३४.१ प्रतिशत र वित्तीय व्यवस्था ९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित