FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • “गण्डकी प्रदेशमा आत्मनिर्भर हुन सक्ने क्षेत्रमा मात्रै लगानी“

    • कृषि टि.भी.
    • २ साल अघि
    • ४० पटक पढिएको
    “गण्डकी प्रदेशमा आत्मनिर्भर हुन सक्ने क्षेत्रमा मात्रै लगानी“

    गण्डकी प्रदेशका कृषि तथा अर्थ मन्त्री किरण गुरूङले आगामी आर्थिक वर्षमा आत्मनिर्भर हुन सक्ने क्षेत्रमा मात्रै लगानी गरिने बताएका छन् । गण्डकी प्रदेशको कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि के कस्तो बजेट तयारी गरिरहेको छ भन्ने बारेमा गरीएको भर्चुअल छलफल कार्यक्रममा मन्त्री गुरूङले आत्मनिर्भर हुन सक्ने उत्पादनमा मात्रै लगानी बढाइने बताएका हुन् । मन्त्रीका आुसार विशेषगरि स्याउ लगायत अन्य फलफुलका पकेट क्षेत्र, ट्राउट माछालगायत संभावित क्षेत्रमा लगानी केन्द्रित गरिने छ । कुनकुन जिल्लामा कुनकुन ठाउँमा कुनकुन जातको उत्पादन हुन सक्छ त्यसलाई सूचीकृत गरेर लैजाने योजना बनाइने मन्त्री गुरुङको भनाई छ । कोभिडको कारण बजेट बढाउन नसकिएकोले गत वर्षहरूमा सञ्चालनमा आएका कार्यक्रमलाई नै निरन्तरता उनले बताए । रैथाने बाली मासिँदै गएकोले यसलाई संरक्षण गर्ने कार्यक्रम ल्याउने बताइएको छ । त्यस्तै आगामी वर्ष पशुक्षेत्र अन्तर्गत पशुमा पूर्ण खोप कार्यक्रम, दूध उत्पादनमा आधारित प्रोत्साहन, साना व्यवसायिक फार्म विस्तार कार्यक्रमलाई पनि निरन्तरता दिने कार्यक्रम रहेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित