FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि तथा पशुपन्छी मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट विनियोजन

    • कृषि टि.भी.
    • १ साल अघि
    • १५ पटक पढिएको
    कृषि तथा पशुपन्छी मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट विनियोजन

    सरकारले कृषि क्षेत्रको बजेट बढाएको छ । शनिवार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरीएको बताउनु भएको हो । पौडेलले खेर गइरहेको र बाँझो जग्गालाई निजीक्षेत्रलाई लिँजमा दिइने बताउनुभयो । त्यस्तै, तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न बजेट छुट्याएको पौडेलले बताउनुभयो ।

    भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा सरकारले गरेको छ । जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनका लागि ६८ करोड बिनियोजन गरेको छ । कृषिबाली, मत्यस्य लगायत थप ७१ जोन सञ्चालन गर्ने र रबर जोन सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, रासायनिक मलमा १२ अर्ब र उखु किसानलाई ८४ करोड अनुदान दिइने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

    बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाललाई दुई वर्ष भित्र दूध र तरकारीमा आत्मनिर्भर बन्दै ३ वर्ष भित्र गहुँ, मकै, कोदो, फापर र ५ वर्ष भित्र चामलमा नेपाल आत्मनिर्भर भएको घोषण गर्ने जनाउनुभयो । यस्तै किसानबाट उत्पादित दूधका लागि बजार सुनिश्चितका लागि विराटनगर, पोखरा लगायत स्थानमा दूध सङ्कलन तथा चिस्यान स्थापना गर्नुका साथै क्षमताको विकास गर्ने बजेटमा उल्लेख छ । यस्तै सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान र साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ । सरकारले पशुमा गरिने कृृतिम गर्भधारणलाई निशुल्क गरिने निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित