FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पहिरो खस्दा गहुँ बालीमा क्षति

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    पहिरो खस्दा गहुँ बालीमा क्षति

    बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ र जौ बगाएको हो । वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ जौ बालीमा पूर्ण रूपमा क्षति पुर्याहएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे खोलादेखि वाईसम्मको सिँचाइ कुलोको पानीको वहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ । पाकेको गहुँ बाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्राउने समयमा पहिराले बाली बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करीब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुगेको स्थानीयवासीले दुःखेसो गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित