
FLASH NEWS
- Loading...
साउन १ गते देखि प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको


नेपाल सरकारले २०७८ साउन १ गते देखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध लगाउने भएको छ । वातावरण विभागले विज्ञप्ती जारी गर्दै प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाएको जनाएको छ । सपिङ्गमल तथा डिपार्टमेन्ट स्टोर लगायत सबै व्यपारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेखछ । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुराना मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ ।।


प्रतिक्रिया दिनुहोस
