- Loading...
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने लक्ष्य
- कृषि टि.भी.
- २ साल अघि
- १३२ पटक पढिएको


कर्णाली प्रदेशले कृषिका लागि जडिवुटी, रैथानी बाली, फलफूल, बीउ, गाई, भैसी, बाख्रा पालन, युव रोजगार तथा व्यवसायीक खेतीमा केन्द्रीत रहेर आर्थिक वर्ष २०७८÷२०७९ वजेट तयार भैरहेको जनाएको छ । कर्णाली प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न कर्णली सरकारले विशेष ध्यान दिएको बताए । पुरै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको बताउँदै उनले मन्त्रालय र योजना आयोगले अर्गानिक कृषिमा जोड दिएको बताएका छन् । भूमी व्यवस्था, सहकारी तथा कृषि मन्त्रालयका सचिव डा.राजेन्द्र मिश्रले किसानको आयस्रोत बृद्धिमा मन्त्रालयले जोड दिएको बताए । भैंसी, बाख्रा, पालनमा विशेष जोड दिएको बताउँदै उनले रैथानेबालीका बजारीकरणमा जोड दिएको बताए । कृषि मन्त्रालयले व्याज अनुदानका कार्यक्रम गर्दै सहकारीसँग सहकार्य गरी किसानसमक्ष पहुँच पुर्याउने काम गरिरहेको सचिव मिश्रको भनाई छ । अर्गानिक कृषिका अभियन्ता डा.कृष्ण पौडेलले बीउ उत्पादनका लागि कर्णाली प्रचुर सम्भावना भएको क्षेत्र भएकाले सो क्षेत्रका लागि सरकारले विशेष ध्यान दिनुनर्पे सुझाव दिए । उनले सरकारले कर्णालीलाई कृषिमा विशेष क्षेत्रको रुपमा राखनुपर्ने बताए ।।


