FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • निषेधाज्ञाका कारण दूध संकलनमा करिव ५० प्रतिशतले कमी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    निषेधाज्ञाका कारण दूध संकलनमा करिव ५० प्रतिशतले कमी

    कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण दूध संकलनमा करिव ५० प्रतिशतले कमी आएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दूध दिवसको पूर्व सध्यामा अयोजना गरेको भर्चुअल कार्यक्रममा दूध संकलनमा करिव ५० प्रतिशतले कमी आएको जनाएको हो । अहिले धुलो दूध ४ हजार एक सय मेट्रिकटन मौज्दात रहेको छ भने वटर २ हजार ५०० मेट्रिक टन मौज्दात रहेको बोर्डले जनाएको छ । बोर्डले मंगलबार विश्व दूध दिवस मनाउँदै छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दूध माथिको पहुँच बढाउन खाद्य तथा कृषि संगठनले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो । दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा पनि सन् २०११ बाट केन्द्रीय दुग्ध सहकारी संघ लि. ले विश्व दूध दिवस मनाउन सुरु गरेको हो । सन् २०१२ बाट राष्ट्रिय दग्ध विकास बोर्डले सरोकारवालाहरूलाई सहभागी गराई विश्व दूध दिवस कार्यक्रम आयोजना गर्दै आएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित