- Loading...
बेलबारी नगरपालिकाका किसानलाई बोयर जातको बाख्रा अनुदानमा वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ३७ पटक पढिएको


मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समूह तथा व्यावसायिक फर्महरूलाई सत प्रतिसत अनुदानमा बाख्राका पाठा पाठी वितरण वितरण गरेको हो ।

एक करोड २५ लाख मूल्य खर्च गरेर नगरपालिकाले अस्ट्रेलियाबाट चार्टर गरी बोका ल्याएर किसानलाई ५२ ओटा बोका र ३८ वटा पाठी वितरण गरेको छ। किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अस्ट्रेलियाबाट ल्याएर पाठा पाठी बिरतण गरिएको हो। बेलबारी नगरपालिकालाई बाख्रापालनमा ब्यबसयिमुखी बनाउन र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। , यी जातका बाख्राले थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरू उत्साहित देखिएका छन् । अन्य जातको बाख्राले भन्दा बोयरले छोटो सयमा बढी फाइदा दिने बाख्रापालन किसानले आसा लिएका छन् ।
मासु उत्पादनका लागि विश्वमा पछि बाट बिकास भएको बोयर जातका बोका त्यहि उमेर र समयमा अन्य लोकल जातका बोका पाठी पाल्नु भन्दा यसबाट धेरै आम्दानी गर्न सकिने बेलबारी नगरपालिका पशु बिकास शाखा अधिकृत बाबुराम बस्नेतको भनाइ छ।
बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा विकास गर्ने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले समूह तथा फर्महरूलाई सर्त नै राखेर ती पाठा पाठी वितरण गरेको छ । अनुदानमा दिएका बाख्राहरू बिक्री गर्न नपाउने सर्त राखेर वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताएका छन । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधि नै बनाएको हो । बेलबारी नगरपालिकामा बोयरको उत्पादनलाई जोड दिन र किसानलाई ब्यबसायिक बन्न प्रेरित गर्नेछ।
यस किसिमको ब्यबसायिक कृषकमुखी उदाहरणीय कार्यक्रम गरेको बेलबारी नगरपालिकाबाट अन्यपालिकाले समेत सिक्न जरुरि छ।

