FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सेतो रतुवा मृगलाई सदर चिडियाखाना ल्याइयो

    • कृषि टि.भी.
    • २ साल अघि
    • १०३ पटक पढिएको
    सेतो रतुवा मृगलाई सदर चिडियाखाना ल्याइयो

    जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएकोछ । घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उहाँले बताउनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गर्नुभयो ।

    थापाले आफुहरुले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरहरुलाई उद्धार गरी संरक्षण गर्ने गरेको बताउनुभयो । उद्धार गरिएका जनावरहरु प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र प्राकृतिक वातावरणमा उनीहरुको जीवन संकटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने उहाँले बताउनुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित