FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चैते धान उत्पादन गर्ने किसान मारमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    चैते धान उत्पादन गर्ने किसान मारमा

    नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत झापा मोरंगमा पनि चैते धान खेती सुरु गरिएको छ ।

    पहिले ४० बर्ष अघि धान देशमा धान चामल निर्यात गर्ने कम्पनी थियो। तर अहिले भारतबाट मात्र ९० प्रतिसत धान आयात गर्छौ। चैते धान भनेको खाद्ध सुरक्षाका लागि प्रमुख आधार भनेको धान बिज्ञहरुको भनाइ छ। देशलाई आत्मनिर्भर बनाउन १० लाख टन धान उत्पादन गर्नुपर्छ। नेपालमा १४ र१५ लाख हेक्टरमा धान बाली उत्पादन भएपनी चैते धान भने १ ढेड लाखमा मात्र हुन्छ। । देशमा प्रती महिना अढाइ अर्बको धान नेपालले आयत गरेको धान बिज्ञ भोला मानसिंह बस्नेत बताउछन।

    तर किसानले चैते धान लगाएपनी बेच्ने बेलामा उचित मूल्य भने पाएको देखिदैन। अर्को तर्फ समयमै मल, बीउ र सिचाइ अभाबले गर्दा पनि किसानको पीडा जहिका त्यही नै छन। आकाशे पानी भरमा धान लगाउदा उत्पादन घट्ने गरेको किसानको भनाइ छ। मोरङ्को सुन्दरहरैंचामा समीक्षा राइले पनि चैते धान लाएका छिन तर बाली लगाउदा मल बिउ बिजनमा घन्टौं लाइन बस्ने पिडा सुनाउछिन।

    मोरङका किसान देब बहादुर तमाङ्ग पनि १ बिघामा चैते धान लगाएका छन । उनको पिडापनी मल र सिचाइको अभावले धान उत्पादन नभएको बताउछ्न।

    बिज्ञ अनुसार बर्षे धान भन्दा चैते धान २० देखि २५ प्रतिशत बढी उत्पादन हुने गरेको भनाई छ। चैते धान असारमा पाक्छ। जब कि पानी झमझम परेको बर्खामा बेलामा काट्नु पर्दा किसानले चैते धानको उचित मूल्य भने पाउदैन त्यसको लागि सरकारले धान सुकाउने ड्राइ मेसिनको ब्यबस्था गर्न सके धानमा आत्मनिर्भर बनाउन सकिने धान बिज्ञको भनाइ छ।

    चैते धान खेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ। उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरो लगायतका बाली फलाउँछन्। कतिपय किसानले दोहोरो धान खेती समेत गर्ने गरेका छन्। बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धान खेती गर्ने गरेको पाईन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित