- Loading...
घाँस बिक्री गरेर जिवन गुजारा गर्ने घाँसियारन समुदायका मानिसलाई दैनिक छाक टार्न धौ धौ
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको


कोरोना नियनत्रणका लागी सरकारले जारी गरेको निषेधाज्ञाका कारण बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका ८ का घाँसियार समुदाय मारमा परेका छन् । घाँसियार समुदुायका मानिसहरु पुस्तो देखि घाँस बिक्री गर्दै आफनो दैनिक गुजार चलाउँदै आएका छन् । घाँस बेचेरनै दैनिक गुजारा टार्ने घाँसियारहरुलाई निषेधाज्ञाका कारण गुजारा टार्न धौ धौ परेको छ ।

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ महेन्द्र पार्कको छेउमा घाँस बिक्री गर्नका लागि हरेक दिन साँझा घाँसको मेला लाग्ने गर्दछ । तर, अहिले कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले मेला लागेको छैन । मेलामा आएर घाँस बेच्ने घाँसियारहरुको पुस्तौ देखिको पेशा नै घाँस विक्री हो । घाँस बेचेर दैनिक गुजारा गर्दै आएका घाँसियारहरु निषेधाज्ञाको मारमा परेका छन् । अहिले उनीहरुलाई छाकटार्न पनि मुश्किल परेको छ । घाँस विक्री नहुदाँ दिनमा एक छाकमात्र खान बाध्य छन् । निषेधाज्ञा भन्दा पहिला दैनिक ४ सय देखि ५ सय रुपैँयासम्मको घाँस विक्री हुन्थ्यो तर, अहिले ५० रुपैयाको घाँस विक्न पनि मुश्किल छ । दिनभर घाँस कट्ने र साँझा करिब ४ बजे देखि विक्रीका लागि आउँछन् ।
घाँस विक्री नहुदाँ दैनिक गुजारा टार्न मुश्किल भएको अवस्थमा संघ सस्था वा उपमहानगरपालिकाले केही राहत दिए छाक टार्न सहज हुने उनीहरु बताउँछन् । करिब एक दशक देखि नै सोही मेलाबाट घाँस किनेर लैजाने मध्ये एक हुन् । अब्दुल वाहिद । उनले घाँस बेच्दै आएका घाँसियारन समुदायको आर्थिक अवस्थामा सुधार नआएको बताए । यता, उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष भने वडामा कोहीपनि भोकै वस्नुपर्ने अवस्था नरहेको दाबी गर्छन ।
अहिले घाँसियारन समुदाय एकतिर कोरोनाको भय अर्को तिर भोकमरी चापेटाबाट गुर्जी रहेका छन् । उनीहरुले धेरै ठाँउमा हारगुहार गरेपनि कतैबाट सहयोग पाएका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाले हरेक वडामा राहतका लागि १० लाख छुट्याको भनिएपनि राहात वितरण भने भएको छैन । ।

