- Loading...
सुन्दरहरैंचा नगरपालिकाबाट ब्यबसायिक प्रबर्द्धन गर्न २६ जना किसानलाई अनुदान
- कृषि टि.भी.
- २ साल अघि
- ३२ पटक पढिएको


कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूहलाई छनोट गरेर सुन्दरहरैंचा नगरपालिकाले २६ जना किसानलाई व्यवसाय प्रबर्द्धंका लागि अनुदान दिएको छ ।

साना किसानलाई अनुदान उपलब्ध गराएर कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्ने उद्देश्यका साथनगरले वितरण गर्ने अनुदान किसानको हातमा लागतबापतको ५० ५ रकम बारबारको चेक प्रदान गरेको हो। गोठ सुधार, मासु, तरकारी उत्पादन, चिली फ्याट लगायतमा अनुदान दिएको छ। सामाग्री वितरण गर्दा बिचौलिया तथा कमिसनको चलखेल हुने हुँदा सिधा कृषकको हातमा पुग्नु भनेर चेक हस्तान्तरन गरेको हो। आयोजित कार्यक्रमबीचमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा। कृष्णबहादुर घिमिरे र उपप्रमुख धनमाया तामाङले अनुदान बापतको रकम हस्तान्तरण गरेका हुन् ।
पशुपंक्षी शाखाका प्रमुख जीवन चापागाईले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई अनुदान दिइएको बताए । बिचौलिया प्रवृत्तिको अन्त्य गर्न किसानलाई नै आवश्यक सामान किन्न लगाएर नगरपालिकाले अनुुुगमन गरी ५० प्रतिशत अनुदान दिएको बताए । चापागाईका अनुसार न्यूनतम २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म अनुदान दिइएको छ ।
किसानले अनुदान रकम प्राप्त गर्दा हर्षित देखिन्थे भने नगरले यसरी अनुदान रकम वितरण गर्दा झोले किसान पलयान हुनेछ भने बास्तबिक र सहि किसानले रकमको सदुपयोग गर्ने देखिन्छन। सुन्दरहरैंचा नगरपालिका वडा २ का किसान भिम निरौला भने नगरपालिकाले घासे बिउं छर्न किसानलाई सामुहिक रुपमा पावर ट्रेलर समेत माग गरे।
यस्ता कार्यक्रमहरु किसान मुखी भएको भन्दै अगुवा किसानहरुले नगरपालिका प्रति सकारात्मक हुँदै आफ्ना धारणा समेत राखेका छन्।
कृषि तथा पशु पालनमा मा युवालाई आकर्षित गर्नका लागि सुन्दरहरैंचा नगरपालिकाले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा प्राथमिकता दिएको छ । यसैगरी, जैविक खेती तथा माछा, कुखुरा, आधुनिक गोठ निर्माण, जैविक मल, भकारो सुधार, दुग्ध उत्पादन, मासु उत्पादन, , बाख्रा, गाई, भैसी, बंगुर आदिका लागि नगरले अनुदान दिँदै आएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले अनुदानको रकमको सही उपयोग हुनेमा नगरपालिका विश्वस्त रहेको बताउछन ।
नगर(उपप्रमुख धनमाया तामांगले नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको भन्दै अनुगमन गरि किसानलाई अनुदान वितरण गरेको बताउछिन। मासु दुग्धमा आत्मनिभर बन्दै किसानलाई ब्यबसायी मुखी बन्न समेत प्रेरित गरेको छ।
यस किसिमको ब्यबसायमुखि र किसान प्रोत्साहनमुखि कार्यक्रमले किसानको मनोबल अझै उच्च बनाएको छ ।

