FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सल्यानमा यस बर्ष गहुँ उत्पादन घट्यो

    • कृषि टि.भी.
    • १ साल अघि
    • २० पटक पढिएको
    सल्यानमा यस बर्ष गहुँ उत्पादन घट्यो

    सल्यानमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको प्रमुख खाद्यान्न बाली गहुँ उत्पादनमा यो वर्ष भारी गिरावट आएको हो । यस वर्ष जिल्लामा १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा गहुँ लगाएकोमा २७ हजार ३ सय ५० मेटिकटन मात्र उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।गत वर्ष १४ हजार दुई सय ३० हेक्टर क्षेत्रफलमा २५ हजार ६ सय १० मेटिकटन गहुँ उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा २३ दशमलव २ प्रतिशतले कम उत्पादन भएको छ । जिल्लामा ४५ हजार ५ सय ६७ हेक्टर खेती योग्य जमिनमा ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । सिंचाई सुविधा नहुँदा यहाँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । ७ हजार ५९ खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको सल्यानमा ७ हजार ४ सय ८८ हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिंचाई सुविधा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित