- Loading...
कृषक लक्षित बजेट आएनः राष्ट्रिय कृषक समूह महासंघ
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


राष्ट्रिय कृषक समूह महासंघ नेपालले मल कारखाना र दुध कारखाना जस्ता केही महत्वकांक्षी योजनाले गर्दा झट्ट हेर्दा बजेट बढेको देखिएपनि देशको अर्थतन्त्रको ग्राहस्थउत्पादनमा कृषिले गरेको योगदानको आधारमा बजेट नआएको जनाएको छ । कृषि क्षेत्रलाई उत्थानशिल क्षेत्र र अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गरिने, खाद्यपोषण सुरक्षा अधिकार सुनिश्चित गरिने, कृषि योग्य जमिनको चक्लाबन्दी, सामुहिक र करार खेतीको विषय भनिएको छ । तर यसलाई सुनिश्चित गर्ने आधारको रुपमा रहेका ग्रमिण कृषक समूह र कृषि सहकारीको समन्वय र स्थानीय तहहरुको स्वामित्वमा साना भूमिहिन र सिमान्तकिसानको सहभागिताको सुनिश्तिता आवश्यक रहेको महासंघले जनाएको छ । त्यस्तै, कृषि योग्यभूमिको माटो परिक्षण र परिक्षणको आधारमा कृषि उत्पादनमा लागिने कुरा पुरानै रहेको बताउँदै हरेक वर्ष सोही विषयमा अल्मलिने र नर्सरी उत्पादन र राजमार्गमा फलफुल खेती विगत वर्षकै कर्णप्रिय योजना भए पनि काममा तदारुकता नदेखाउने परिपाटी रहेको महासंघले जनाएको छ ।।


