FLASH NEWS
- Loading...
भारतसँग जीटुजी सम्झौताबाट मल ल्याउने तयारी
- कृषि टि.भी.
- १ साल अघि
- १७२ पटक पढिएको


भारत सरकारसँग जीटुजी सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको जनाएको छ । मन्त्रालयका अनुसार दुवैतर्फको कागजातको अध्ययन भइसकेको छ । दुवै तर्फको कागजात मिलेकाले मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति पनि दिएको मन्त्रालयले जनाएको छ । रासायनिक मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता हुन लागेको जनाइएको छ । सुरुको वर्षमा दुई लाख मेट्रिक टन मल लिने त्यसपछि तीन लाख बिस्तारै पाँच लाख मेट्रिक टनसम्म मल खरिद गर्नेगरी सम्झौता हुन लागेको हो । यसअघि बङ्गलादेशसँग पनि जीटुजी सम्झौतामार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गरिसकेको छ । भारतसँग पहिलो पटक यस्तो सम्झौता हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस
