- Loading...
भैसीको ब्लक विकास कार्यक्रमा गोठ निमार्ण कार्य सुरु
- कृषि टि.भी.
- १ साल अघि
- १६ पटक पढिएको


एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दियाको सहयोग र यैचो पैचो सहकारी संस्थाको साझोदारीमा बासगढी नगरपालिकामा भैसीको ब्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम अन्र्तगत भकारो सुधार र भैसीको आधुनिक नमुना फर्म स्थापना निमार्ण कार्य सुरु भएको हो । यस ब्लक कार्यक्रम अन्र्तगत कृषकहरुका लागि २२ वटा कार्यक्रम छनोट गरीएको मध्ये भैसी आधुनिक नमुना फर्म स्थापना, थुनेलो रोग नियन्त्रण कार्यक्रम , दाना उद्योग स्थापना ,नश्ल सुधारका लागि मुर्रा रागो खरिद र घाँस स्रोत केन्द्र कृषकहरुका लागि प्रमुख कार्यक्रम रहेका छन् । भने भैसी ब्लक कार्यक्रमबाट नगरपालिकाको वडा नं २,३,४,५ र ८ गरी ५ वटा वडाका २ सय ३४ कृषकहरु लाभान्वित भएका छन् ।

२०७२ साल देखी व्यवसायिक पशुपालनमा गरीरहेका राजु ढकाल हाल एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले संचालन गरेको भैसी ब्लक कार्यक्रममा परेका कृषक हुन् । ढकाल जस्तै ३ जनालाई यस कार्यक्रमले समेटेको छ । राजुले दैनिक १ सय लिटर दुध उत्पादन गर्दै आएका छन् । उनले व्लक कार्यक्रम अन्र्तगत आधुनिक गोठ निर्माण गरीरहेका छन् ।
बाईट ः राजु ढकाल ,कृषक
यैचो पैचो सहकारी संस्थाले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलयसंग पशुपालक कृषकका लागि भैसी ब्लक कार्यक्रमको माग गरेको थियो । सोही अनुसार सहकारीसँगको साझेदारीमा बासगढी नगरपालिकाको ५ वटै वडामा यो कार्यक्रम संचालन भएको हो ।
यस कार्यक्रममा २ सय ३४ कृषकहरु समेटिएका छन् । भने करिब ४ सय भैसीहरु यस कार्यक्रम अन्र्तगत रहेका छन । लाभान्वित कृषकलाई भकारो सुधार कार्यक्रम र आवश्यक पर्ने सम्पूर्ण कृषकहरुलाई च्यापकटर दिने कार्यक्रम रहेको एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालयले जनाएको छ । साथै, घाँसको स्रोत केन्द्र स्थापना, दाना मिल स्थापना र दुधको बजारिकरणको लागि डेरी उद्योग स्थापना पनि यस कार्यक्रममा रहेकाले बासगढी नगरपालिका साथै बर्दिया जिल्लामा दुध उत्पादनमा टेवा पुग्ने बताइएको छ ।
कुल लागत १ करोड ४० लाख रहेको सो कार्यक्रमको काम जेठ मसान्त भित्र सम्पन्न गरी सक्नु पर्ने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलयले जनाएको छ ।

