FLASH NEWS
- Loading...
तरकारी खेतिबाट राम्रो आम्दानी गर्दै रमेश
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


गर्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् स्याङ्जाका रमेश वस्याल । बैदेशिक रोजगारीबाट फर्किएका वस्याल अहिले व्यवसायिक तरकारी उत्पादनमा व्यस्त छन् ।

केही समय अघि वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका स्याङ्जा गल्याङ नगरपालिका वडा नं १ मालुङ्गका रमेश बस्याल अहिले सरकारी खेतीमा व्यस्त छन् । आफ्नै देशमा केही गर्नुपर्छ भनी स्वदेश फर्किएका बस्याल तरकारी खेतीबाट अहिले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
बारिमा बोडि, करेला, घिरौला, काक्रा, लगाएत उन्नत तरकारी र लटरम्म फलेका अगुर स्याहार्दैं उनको दैनिकी बितिरहेको छ । बाहिर लकडाउनको मारले अरु ब्यबसाय नचलेको अबस्थामा उनी भने खुशी छन् । उनी भन्छन– लकडाउनले गर्दा मानिसहरु अर्गानिक तरकारिको लागि पनि आउने गरेको छन् ।
तरकारी खेती गर्न सके बिदेश जान नपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
