FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनको मारमा किसान, लाखौँ लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्रिी हुन नसक्दा बैंको व्याज तिर्न कठिन

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३८ पटक पढिएको
    Post Thumbnail

    कोरोना नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनको मारमा छन् व्यवसायीक रुपमा कृषि कर्ममा लागेका किसान । लाखाँै लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्री हुन नसक्दा खेतबारीमै कुहीन थालेको छ ।

    जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास गर्दै मध्यमिक बिद्यालयका प्रध्यापक भएर शिक्षा पेशामा रमाई रहेका अदित्य कुमार वर्मा व्यवसायिक कृषि पेशामा पनि रम्न थालेका छन् । शिक्षण पेशा बाहेक केही गर्ने सोचमा रहेका उनले कृषि पेशा पनि अगालेका हुन् । सुरुमा १५ लाख लगानीबाट सूरु भएको उनको व्यवसायमा अहिले ४० लाख लगानी भएको छ । उत्पादन राम्रोभएपछि उनले लागनी बढाएर यबिर्ष ४० लाख पु¥याएका थिए । तर, उत्पादन राम्रो भएपनि उत्पादित उपज बजार लैजाने समयमा सरकारले कोरोना नियन्त्रणको लागि भन्दै जारी गरेको निषेधाज्ञाका कारण विक्री नहुदाँ खेतमै कुहिन थालेको छ ।

    उनले लिजमा र केही जमिन आफ्नो गरी ६ विगहा जमिनमा तरकारी खेती गरेका छन् । उत्पादन राम्रो भएपछि यसबर्ष नै लगानी उठउने सोच बनाएका उनले उत्पादन भएको तरकारी बिक्री नभएपछि चिन्तमा छन् । उत्पादन भएको तरकारी खेतमै कुहिन थालेको छ । उनको बोडी पाँच लाख, तिते करेला १० लाख, टमाटरमा ३ लाख र अन्य तरकारीमा टन्नै घाटा लागेको बताए । कोरोनाका कारण बजार नपाएर एकतर्फ तरकारी बारीमै कुहिन थालेको छ भने बल्लतल्ल विकेको तरकारीमा पनि व्यापरीहरुकै मनोमानी छ ।

    बाँके जिल्लमै हेर्ने हो भने अदित्य कुमार बर्मा त एक प्रतिनिधि पात्र मात्र हुन्न उनी जस्ता सयैाँ किसान छन् जो लकडाउनको चपटेमा परेका छन् । लकडाउनका कारण किसानले उत्पादन गरेका कृषि उपज खेतमै कुहिदाँ समेत सम्बिन्धीत निकायको ध्यान पुग्न सकेको छैन । एकातिर सरकार कृषि क्रान्तिको कुरा गर्छ, अर्कोतिर किसानले उत्पादन भएका वस्तु बजारीकरण नहुदाँ खेत बारीमै कुहिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित