FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लुम्बिनी प्रदेशमा पनि बृक्षारोपण गरेर मनाइयो वातावरण दिवस

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    लुम्बिनी प्रदेशमा पनि बृक्षारोपण गरेर मनाइयो वातावरण दिवस

    सम्पूर्ण प्राणीको अस्तित्व बचाउन प्रकृतिलाई अनुकुल बनाई वातावरणको रक्षा गर्नु पर्ने लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताएकी छिन् । विश्व वातावरण दिवसको अवसरमा बेलहिया बुटवल व्यापारीक मार्ग स्थित ओमशतिया गाउँपालिका क्षेत्रमा वृक्षारोपणको सुभारम्भ गर्दै मन्त्री पाण्डेले सन्तुलित वातावरणको निर्माण गर्न प्राकृतिक सम्पदाहरुको सही सदुपयोग गर्नुपर्ने बताइन् । सम्पूर्ण प्राणीको जीवन वातावरणमा निर्भर रहेकाले मानवीय क्रियाकलाप वातावरण रक्षामा केन्द्रित गर्न उनले सबैलाई आग्रह गरिन् ।

    कार्यक्रममा बोल्दै उद्योग, बन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसीले प्रतिकुल वातावरणलाई अनुकुल बनाउन वृक्षारोपण सबैभन्दा उपयोगी भएकाले मन्त्रालयले हरेक वर्ष वृक्षारोपण गरेर कार्यक्रम गर्ने गरेको बताए । वातावरण विनाश भए मानिसको अस्तित्व सङ्कटमा पर्ने भएकाले रुख विरुवाको संचय गर्नुपर्ने उनले बताए ।

    मानिसले प्राकृतिक स्रोतमा गरेको अत्याधिक दोहनले सम्पूर्ण जीवको जीवन सङ्कटमा परेको महाशाखा प्रमुख दिपक ज्ञवालीले बताए ।

    भौतिक विकास र विकास निर्माणका काम वातावरण अनुकुल भए अहिले देखिएका प्राकृतिक समस्याहरु आधा कम हुने विज्ञहरुको दाबी छ । विश्व वातावरण दिवसमा यो वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्र्थापना’ भन्ने रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित