- Loading...
कारितास नेपाल द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
- कृषि टि.भी.
- २ साल अघि
- ३९ पटक पढिएको


शिवा शर्मा । बर्दिया÷कारितास नेपाल फिल्ड अफिस बर्दियाले मिती २०७८ जेठ २३ गतेका दिन जिल्ला विपत ब्यवस्थापन समितिलाई कोभिड १९ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई कारितास नेपाल फिल्ड अफिस बर्दियाको तर्फबाट प्रहलाद हुमागाँई र नरेन्द्र के. सीले हस्तान्तरण गरेका थिए ।
२०७८ बैशाख २३ गते बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्ष्यतामा कोभिड १९ नियन्त्रण र उपचारमा गैर सरकारी संस्थाको सहयोग र सहकार्य सम्बन्धि बैठक बसी बर्दिया जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोगका लागि जिल्ला विपत ब्यवस्थापन समितीले अनुरोध गरे बमोजिम यो कोभिड १९ स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको हो भन्ने कुरा कारितास नेपाल फिल्ड अफिस बर्दियाका नरेन्द्र के.सीले जानकारी दिए ।

कारितास नेपालले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरु– सेनिटाईजर ५ सय ३० थान, सर्जिकल माक्स १ हजार पि.,पल्९५ माक्स ५० पि ,पल्स अक्सिमिटर ३० पि.,हातमा लगाउने पंजा ३सय पि., सोडियम हेपोकोलोरिड २५ लि., भिटिएम किट १सय ५० पि., पिसिआर टेस्ट किट १ सय ५० पि., अक्सिजन सिलिन्डर ५ पि.,पि पि ई सेट ३० पि., प्राटेक्टीभ गुगाल ३० पि., गोलोप्स ३० पि.,फेस माक्स ३० पि. ,३पिएल माक्स सर्जिकल ६० पि., थिए भने उक्त हस्तान्तरण गरीएको सामाग्रीको मुल्य २ लाख ८२ हजार १सय अठत्तर रुपिया रहेको कुरा कारितास नेपाल फिल्ड अफिसका प्रहलाद हुमागाँइले बताए ।

