FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजेटमा पोल्ट्री क्षेत्रलाई सरकारले उपेक्षा गरेको व्यवसायीको गुनासो

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    बजेटमा पोल्ट्री क्षेत्रलाई सरकारले उपेक्षा गरेको व्यवसायीको गुनासो

    सरकारले बजेटमा आत्मनिर्भर घोषण भएको पोल्ट्री क्षेत्रको कुनै पनि विषय सम्बोधन नगरेको भन्दै पोल्ट्री क्षेत्रका विभिन्न संघ संस्थाले आपित जनाएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले कोरोनाको विषम् परिस्थितिमा पोल्ट्रीजन्य उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थहरुको मूल्यमा अत्यधिक वृद्धि, भन्सार तथा कृषि सुधार शुल्कका कारण उत्पादन लागत वृद्धि भएको कारण समग्र कुखुरापालन व्यवसाय प्रभावित भएको अवस्थामा सकारले बजेटमा समेट्न नसकेको गुनासो गरेको छ । सोही विषयलाई सम्बोधन गर्ने माग सहित मञ्चले कृषि सुधार शुल्क तथा भन्सार शुल्क सबै पूर्णरुपमा हटाउनु पर्ने, कुखुरापालन क्षेत्रलाई बन्दाबन्दी (लकडाउन) शुरु भएको दिन देखी बन्दाबन्दी समाप्त भएको १ वर्ष पछि सम्मको बैंक ब्याज मिनाहा गराउनु पर्ने, पोल्ट्री क्षेत्रमा हुने लगानीलाई आगामी दश वर्ष सम्मका लागी ५ प्रतिशत मात्र बैंक ब्याजदर कायम गराउनु पर्ने, बैंकको स्वीकृत चालु पूँजी बराबरको सम्पूर्ण चालु पूँजीमा पूनःकर्जा दिने व्यवस्था गर्नपर्ने लगायत माग सहित कृषि मन्त्रालयमा पत्र पनि बुझाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित