- Loading...
आठ बर्ष बैदेशिक रोजगारीको शिलशिलामा विताएका स्याङजाका धुर्ब भण्डारी व्यवसायीक बाखा्रपालनमा
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


कुनै पनि काम सानो ठुलो हुदैन मेहनत गरे नेपालमै पैसा कमाउन सकिन्छ भन्ने उदारण बनेका छन स्याङजा गल्याङ १ का किसान धुर्ब भण्डारी । बैदेशिक रोजगारीको शिलसिलामा कोरीया ८ बर्ष बिताएका भण्डारीले । नेपाल आएपछी भने गत साल देखि ब्याबसाईक मालुङगा नमुना बाख्रा फम संन्चालन गदै आयका छन । २ ओटा बाख्रा बाट सुरु भएको उनको व्यवसाय अहिले फममा ५५ बटा साना ठुला बाख्रा छन ।

अरु ब्याबसाय गर्दा बेच्नका लागी बजार संम्म जानुपर्ने तर, बाख्रा पाल्दा बजारको लागि कतैजान नपर्ने सहजै घरैवाट बिक्ने हुदा बोयर जातको बाख्रा पालनमा लागेको भण्डारी बताउछन् ।
बोयर जातको बाख्राको मासु कोलिस्टर फ्री हुने हुदा पनि यसको माग बढी हुदा ब्याबसाय राम्रो हुने भण्डारीको भनाई छ । काम गर्न खोज्ने युवाहरुलाई राज्यले पनि प्राथमिकतामा राखेर रिण वा अनुदानको व्यवस्था गर्नुपर्ने भण्डारी बताउँछन् । भण्डारीको जस्तै लगनसील भएर मेहनत गर्नसके अबस्य पनि युवाहरु रोजगारीको लागि विदेशीनुपर्ने छैन ।

