- Loading...
मोरङको केराबारी गाउँपालिकाका किसानलाई बोयर बाख्राको पाठापाठी वितरण
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


मोरङको केराबारी गाउँपालिकाले किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समूह तथा व्यावसायिक फर्महरूलाई ५० प्रतिसत अनुदानमा बोयर बाख्राका पाठा पाठी वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत १५ लाख र किसानको लागत सहभागिता १५ लाख गरि ३० लाख मूल्य खर्च गरेर गाउँपालिकाले ओम अग्रो कृषि फर्म सलकपुरबाट ल्याएर किसानलाई १० ओटा बोका र ९० वटा पाठी वितरण गरेको छ। पशु स्वास्थ्य शाखा प्रमुख बासिलाल साह साना किसान पकेट कार्यक्रम रहेको र ५० प्रतिशत अनुदानमा बितरण गरेको बताउछन।
किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले उन्नत जातको बोयर बोका र पाठी बिरतण गरिएको हो। केराबारी गाउँपालिकलाई बाख्रापालनमा ब्यबसयिमुखी बनाउन र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। , यी जातका बाख्राले थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरू उत्साहित देखिएका छन् । अन्य जातको बाख्राले भन्दा बोयरले छोटो सयमा बढी फाइदा दिने बाख्रापालन किसानले आसा लिएका छन् ।
वितरण कार्यक्रमलाई प्रभावकारी र पार्दशी बनाउन सुन्धारा कृषि सहकारीले समेत महत्वपूर्ण भूमिका खेलेको छ। मासु उत्पादनका लागि विश्वमा पछि बाट बिकास भएको बोयर जातका बोका त्यहि उमेर र समयमा अन्य लोकल जातका बोका पाठी पाल्नु भन्दा यसबाट धेरै आम्दानी लिन सकिन्छ। पकेट क्षेत्रको रुपमा बिकास गर्न साझेदारी कार्यक्रममा बितरण गरिएको सो सहकारीका अध्यक्ष नारायण राइको भनाइ छ।
पछिल्लो समयमा बिभिन्न ठाउँमा वितरणमा अनियमिता र ठगी धन्दा भैरहदा गाउँपालिका प्रशासकीय प्रमुख होम प्रसाद पौडेल तथा उपाध्यक्ष शान्ति कुमारी लिम्बुले बोयर जातको पाठापाठीमा छड्के अनुगमण गरि बितरण कार्यक्रममा सहभागी समेत भएको थियो।
केराबारी गाउँपालिकालाई बोयर बाख्राको पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले बताउछ्न ।केराबारी गाउँपालिकामा यसबाहेक कृषि क्षेत्रमा किसानका लागि तालिम तथा बिभिन्न अनुदानका कार्यक्रम समेत गरेको छ।
अनुदानमा दिएका बोका पाठापाठी बाख्राहरू बिक्री गर्न नपाउने सर्त राखेर वितरण गरिएको छ ।गाउँपालिकामा बोयरको उत्पादनलाई जोड दिन र किसानलाई ब्यबसायिक बन्न प्रेरित गर्नेछ।
यस किसिमको ब्यबसायिक कृषकमुखी उदाहरणीय कार्यक्रम गरेको छ भने केराबारी कृषि र पर्यटनका लागि धनि मानिएको पालिका हो यस किसिमको किसान प्रोत्साहनामुखी कार्यक्रमबाट अन्य पालिकाले समेत पाठ सिक्न जरुरी छ।

