FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • माछा कारोबारमा ८० प्रतिशतले गिरावट

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३८ पटक पढिएको
    माछा कारोबारमा ८० प्रतिशतले गिरावट

    डेढ महिनादेखिको निषेधाज्ञाले ८० प्रतिशतको हाराहारीमा मत्स्य व्यवसायको कारोबारमा गिरावट आएको छ । निषेधाज्ञा भएपछि होटेल, रेष्टुँरा, विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुंँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । महासंघका अनुसार गत बर्ष पनि कोरोना प्रभावका कारण ६० प्रतिशत बिक्रीमा कमी आएको थियो । तर, यस बर्ष भने ८० प्रतिशतले कारोबारमा गिरावट आएको छ । देशभर २० हजारभन्दा बढी माछापालक किसान छन् । वार्षिक १० अर्बको हाराहारीमा माछाको कारोबार हुँदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ । २० प्रतिशत माछा मात्रै भारत लगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ । निषेधाज्ञाका कारण माछा उत्पादनको तुलनामा आपूर्ति कम हुंँदा उपभोक्ता माझ पुग्न सकेको छैन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित