
- Loading...
राजमार्ग लक्षित दुध उत्पादन कार्यक्रम अन्र्तगत बर्दियामा गोठ निर्माण सुरु
- कृषि टि.भी.
- १ साल अघि
- २८ पटक पढिएको


बदिर्या जिल्लामा राजमार्ग लक्षित दुध उत्पादन कार्यक्रममा गोठ निर्माण कार्य सुरु भएको छ । दुध उत्पादन प्रर्वधन कार्यक्रमलाई जोड दिन लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रोड कोरीडोर कार्यक्रम अर्थात राजमार्ग लक्षित दुध उत्पादन कार्यक्रम संचालनमा छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा राजमार्ग लक्षित दुध उत्पादन कार्यक्रममा” सहभागी हुन प्रस्ताव आह्वान गरेको थियो । हुलाकि राजमार्गको उत्तर दक्षिण ५ किलो मिटर भित्रका कृषकहरु आवद्ध हुन पाउने गरी जारी गरीएको प्रस्तावमा बढैयाताल गाँउपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका ५ समुहका २०, २० जना गरी सय जना कृषकहरु छनोट भएका थिए ।
सोही कार्यक्रम अन्र्तगत बर्दिया जिल्लामा पनि भोलागौडी ओराली बजार लक्षित रोड कोरीडोर कार्यक्रम संचालनमा ल्याइएको छ । सोही कार्यक्रममा गुलरिया नगरपालिका वडा न. ७ का यादव समुदायका २० घर पनि छनौट भएका थिए । भकारो सुधार कार्यक्रम अन्र्तगत गोठ निमाणका लागी सहयोग पाउदा पशुपालन कृषक खुशी छन् । आर्थिक अभावका कारण गोठ बनाउन नसक्दा इच्छाशक्ति हुदाँ हुदैपनि पशुपालन गर्न नसकेका कृषकहरु गोठ बनाउन अनुदान सहयोग पाउँदा दङ्ग छन् ।
मातङ्गीदेबी हुलाकी सड्क दुध लक्षित समुहका सदस्य कमल प्रसाद यादव यस कार्यक्रमले दुध उत्पादनमा टेवा पुग्ने बताउँछन् । हुलाकी राजमार्गले छुने तिन वटा स्थानिय तह र बढैयाताल गाँउपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका कृषकहरु आवद्ध रहेको यस कार्यक्रममा सय जना कृषक समेटीएका छन् । बर्दिया जिल्लालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित यस कार्यक्रम तीन बर्षसम्म सञ्चालन हुने छ भने यस कार्यक्रममा प्रदेश सरकारको ५० प्रतिशत अनुदान सहयोग रहेको छ ।
वार्षिक बजेट १ करोड रहेको कार्यक्रममा ५० प्रतिशत भौतिक पूर्वधार अर्थात भकारो निमार्ण,मलखाद ब्यवस्थापन, २० प्रतिशत पोषण सुधार, २० प्रतिशत आवश्यक पर्ने मेसीनरी औजारमा खर्च गरीने कार्यालयले जनाएको छ । त्यस्तै, भैसी तथा गाई दुध उत्पादन कार्यक्रममा आवश्यक पर्ने प्राविधिक सहयोगका लागि ७ प्रतिशत रकमको व्यवस्था गरीएको छ ।


