FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइ प्राथमिकतामा

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइ प्राथमिकतामा

    प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइ प्राथमिकतामा परेका छन् ।

    प्रदेश २ सरकारले कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश २ प्रमुख राजेश झा अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई प्राथमिकता दिइएको छ । जनकपुरस्थित मणिपाल अस्पताको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति प्रदेश सरकारले लिएको छ । प्रदेश गौरवको योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा पठनपाठन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजना सरकारले लिएको प्रदेश प्रमुख झाले बताउनुभयो । त्यस्तै कृषिको मझौला उद्योगको कर राजस्व छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेनरी सेवालाई प्रभावकारी बनाउने नीति सरकारले लिएको झाले बताउनुभयो ।

    प्रत्येक जिल्ला सदरमुकाममा सञ्चालित दलित छात्राबास र जेष्ठ नागरिक आवास कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा अतिथि सदन निर्माण गर्ने र जनकपुरमा मधेस सम्मेलन केन्द्र निर्माण गर्ने झाले बताउनुभयो ।

    त्यस्तै प्रत्येक जिल्लामा एक एक पुस्तकालय स्थापना, प्रदेश प्रमुख नैतिक शिक्षालाई निरन्तरता दिँदै प्रदेशको प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक प्राविधिक विद्यालय स्थापना गरी जनकपुरलाई शिक्षा हब बनाउने प्रदेश सरकारले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित