
- Loading...
गल्याङको पेलाकोट साना किसान सहकारी सस्थाको लापरवाही, अदुवा खेती गरेको जग्गा झारले ढाक्दा समेत गोडमेलमा ध्यान पुगेन
- कृषि टि.भी.
- २ साल अघि
- २९ पटक पढिएको


अनुदान लिने, तर काम नगर्ने, झारो टार्ने सहकारीकै कारण कृषि क्षेत्रले गति लिन सकेको छैन । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकमा नगरबाट संचालित पेलाकोट साना किसान सहकारी सस्थाले पनि यस्तै हर्कत गरेको छ ।

साना किसान सहकारी संस्थाले कृषकको जग्गा भाडामा लिने र राम्रो सँग खेति नगर्ने पाइएको छ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका ७ मा रहेको पेलाकोट साना किसान सहकारी संस्थाले स्थानीय कृषक तुल्सीराम पाठकको जग्गा भाडामा लियो । नगरको माध्याम बाट संचालित रहेको साना किसान सहाकारीले बार्षिक २५ हजार तिर्ने गरी दुई बर्षका लागि भाडामा लिएको जग्गामा अदुवा रोप्यो । अदुवा त रोप्यो तर स्याहारमा सहकारीको ध्यान पुगेन । अहिले अदुवा रोपेको दुई महिना नहुँदै कटारे झारले ढाकेको छ । अदुवा पनि राम्रोसँग उम्रिएको छैन भने फाटफुट उम्रिएका अदुवा पनि झारले ढपक्कै ढाकेको छ । सहकारीको लापरवाही देख्खा स्थानीय आजित छन् ।
गल्याङ नगरपालिकाले कृषिलाई नै प्राथमिकता दिएर कामहरु गर्दै आएको बताउँदै आएको छ । तर, नगरको माध्याम बाट संन्चालनमा रहेको साना किसान सहकारीको लापरवाही बढ्दै गएको छ । एकातर्फ कृषि क्षेत्रमा सहकारीले गर्ने लगानी अत्यन्त न्यून छ अर्कोतर्फ गरेको लगानीबाट राम्रो प्रतिफल लिन सकेको छैन । सरकारबाट कृषिमा अनुदान लिने, तर काम नगर्ने, झारो टार्ने यस्ता सहकारीकै कारण कृषि क्षेत्रले गति लिन सकेको छैन ।

