FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ज्ञानकेन्द्रले बिउ, मल दिएपछि किसान चैत धान उत्पादनमा पनि आकर्षित

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    ज्ञानकेन्द्रले बिउ, मल दिएपछि किसान चैत धान उत्पादनमा पनि आकर्षित

    पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिन्निछ । बर्दियाका किसान गत १ दशक देखि नै चैते धान तर्फ अकार्षित भएका छन् भने बाँकेका किसानहरुले यो बर्ष परिक्षण्का रुपमा चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरको पानी नालामा ल्याउन सफल भएपछि नालामा बारै महिना नालामा पानी जमेको देखेर किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले किसानहरुलाई मल, धानको बिउ उपलब्ध गराई दिएपछि चैते धान फलाउन सफल भएको बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले बताए। उनले यो बर्ष ९ कट्ठा जमिनमा चैते धान लगाएका छन् भने अर्को बर्ष थप जमिनमा धान रोप्ने सोच बनाइ सकेको बताउछन्।

    त्यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ेठा जमिनमा चौले धान फलाउन सफल भएका छन् । उनको असार पहिलो सातासम्म धान भित्राएर फेरि बर्षे धान लगाउने तयारी छ । परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गर्नुभएको छ ।

    धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल बिउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए । अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याने उहाको भनाइ छ ।

    अत्याधिक गर्मि हुने ठाँउमा चैते धान फलाएको देखाएर उत्पादनमा हौसला ल्याएका छन् । बाँकेमा पहिला चैत महिनामा गाँहु मकै र तरकारीको खेती गरिरहेको बेला चैते धान उतपादन गरेर किसानहरुलाई थप प्रोत्सहित भएका छन् । अगामि बर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चहाने किसानहरुलाई निशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरु बृद्धि हुने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित