FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • निषेधाज्ञामा मोरगंका स्थानीय निगुरो, जिव्री साग टिपेर छाक टार्दे

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    निषेधाज्ञामा मोरगंका स्थानीय निगुरो, जिव्री साग टिपेर छाक टार्दे

    कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निशेधाज्ञाका कारणले जनजीवन प्रभावित बनेको छ । आम सर्वसाधारण मानिसहरुलाई दैनिक भान्छा चलाउन धौ धौ पर्न थालेको छ। निशेधाज्ञाका कारण सहज रुपमा बजारमा तरकारी पाउन छोडेपछि मोरगंका स्थानीयहरु जगंल गएर निगुरो,जिव्री साग टिपेर छाक टार्न थालेका छन ।

    कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निशेधाज्ञाका कारणले जनजीवन प्रभावित बनेको छ । आम सर्वसाधारण मानिसहरुलाई दैनिक भान्छा चलाउन धौ धौ पर्न थालेको छ। कोरोना नफैलियोस भनेर लगायइएको निशेधाज्ञाका कारण सहज रुपमा बजारमा तरकारी पाउन छोडेपछि जगंल आसपासका मानिसहरु जगंल गएर निगुरो,जिव्री साग टिपेर छाक टार्न थालेका छन । मोरगंको बेलवारी आसपासका मानिसहरु बेलवारीका जगंलमा तरकारीको गर्जो टार्न निगुरो जिव्री साग टिप्नेको चहल पहल बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर लगाइएको निषेधाज्ञाको समयमा बजारमा सहज रुपमा तरकारी किन्न नपाउने तथा पाइएपनि अधिक महंगो भएको कारण जगंलमा निगुरो टिप्न आउने गरेको बेलबारी ४ इमानसिहं चौककी अम्वीका सुयल वताउछिन ।

    उनले बेलवारीमा रहेको चारकोशे झाडी क्षेत्रको जंगलमा धेरै निगुरो हुने भएकाले विक्री गर्नेहरुले समेत टिपेर लाने गरेपनि आफुहरु लकडाउनको समयमा कहिलेकाही छाक टार्नका लागि मात्र आउने गरेको बताइन। निशेधाज्ञाका कारण बजारमा सहज रुपमा तरकारी लिन जान नसकिने तथा तथा आफुहरु पनि काममा जान नपाएर त्यसै बस्नु परिरहेको समयमा पारेर सुरक्षित रही निगुरो टिप्न आउने गरेको जयवहादुर रम्तेल वताउछन ।

    निम्म आर्य भएका मानिसहरु काममा जान नपाउदा दैनिक रुपमा चाहिने उपभोग्य तरकारी किनेर खान पनि समस्या हुने गरेका कारण समेत निगुरो टिप्ने आउने गरेको उनीहरु बताउछन् ।मोरगंको बेलबारी , कानेपोखरी , पथरी , लेटागं लगायतका क्षेत्रका जगंलमा त्यसै उम्रने जगंली निगुरो तथा जिब्री साग यस क्षेत्रको कतिपय मानिसहरुको रोजगारीको माध्यम समेत बन्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित