- Loading...
विदेशबाट फर्किएर युवाहरु संयुक्त लगानीमा व्यवसायीक स्ट्रबेरी खेति गर्दै
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको


सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ सुर्यकुण्डमा ५ जना युवाहरु मिलेर संयुक्त रुपमा स्टोबेरीको व्यवसायीक खेति सुरु गरेका छन्। वैदेशिक रोजगारीबाट फर्केर स्टोबेरी खेतिमा लागेका युवाहरुले अहिले स्टोबेरी बेचेरै वार्षिक १२ लाख आम्दानी गर्न थालेका छन्।
स्टोबेरी अर्थात भुइ एैसेलुले चिनिने यो फल विदेशमा मात्र हुन्छ भन्ने थियो तर यो फल यतिखेर नेपालका बिभिन्न स्थानमा ब्यबसायिक रुपमै सुरु गरिन थालेको छ । हेर्दा रातो अनि खादा स्वादियो यो फल बजारमा ८ सय देखी १ हजार रुपैया सम्म पर्ने गरेको छ । नेपालका भर्खरै मात्र सुरुवात गरियो यो व्यबसाय यतिखेर सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ सुर्यकुण्डमा समेत व्यबसायिक रुपमै ५ जना युवाहरुले सञ्चालनमा ल्याएका छन् । बैदेशिक रोजगारीमा लामो समयको बसाई पछी स्वदेशमै केहि गर्ने उदेश्यले २ बिघामा यतिखेर स्टोबेरी खेती लगाइएको छ । मुख्यतया पाहाडी अनि भिरालो क्षेत्रमा लगाइने यो फलको आम्दानी समेत राम्रो रहने व्यासायिहरुले बताउदै आएका छन् । बैदेशिक रोजगारीमा भन्दा स्वदेशमै गरे हुन्छ भन्ने उदाहरण यि युवाहरु बनेका छन् । यस क्षेत्रमा लगाइएको यो स्टोबेरीकै कारण यहाँ होमस्टे समेत सञ्चालनमा ल्याइएको छ । यस्ता अनौठा अनि कममात्र पाइने चिजहरुलाई नेपालमै व्यबसायीक रुपमा सुरु गरी भारत तथा तेस्रो मुलुकबाट आउनबाट रोक्न स्थानिय सरकारले महत्वपुर्ण भुमिका खेल्नुपर्ने पर्यटन व्यबसायी बासुदेब बराल बताउछन् ।
उनिहरुले रोपेको बिरुवाबाट अहिले स्ट्रोबेरी लटरम्म फलेको छ । यहाँबाट उत्पादन भएको स्टोबेरी झापा,मोरङ,सुनसरी,उदयपुर लगाएतका जिल्लामा पुग्ने गरेको छ । विदेशमा भन्दा नेपालमानै राम्रो आम्दानी गर्न सकिने हुदा स्टोबेरी मात्र नभइ तरकारी खेति लगायत पशुपालन गर्ने योजना रहेको युवा किसान अर्जुन कुलुङ बताउछन्।
यसरी बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु एकजुट भएर स्वदेशमै कृषि कर्म गरिरहेका छन् । जसबाट बार्षिक १२ लाख भन्दा बढि आम्दानी हुने यो व्यबसायलाई प्रवद्धन गर्नका लागी स्थानिय सरकाले विभिन्न खाले कृषि उपकरण आधुनिय प्रणलीको विकास गरी युवाहरुलाई हौसला दिनुपर्ने देखिन्छ ।


