- Loading...
ठाकुरबाबा नगरपालिकाका किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यान्त्रिक औजार
- कृषि टि.भी.
- २ साल अघि
- ४२ पटक पढिएको


शिवा शार्मा, बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले नगरका किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यान्त्रिक औजार वितरण गरेको छ । ७ वटा कृषि समुह र १९ जान स्थानिय कृषक लाभान्वित भएका छन् ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले नगरका साना किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यान्त्रिक औजार वितरण गरेको छ । नगरपालिकाले पावरटेर्लर टेक्टर र रिपर वितरण गरेको हो । अनुदानमा कृषि यान्त्रिक औजार पाएका कृषक जिवन कुमार थारु नगरपालिकाले साना किसानलाई औजार वितरण गरेर सराहनिय काम गरेको बताउँछन् । मेसिनको प्रयोगले खेती गर्न सजिलो र समयको बचत हुने हुँदा अनुदानमा यान्त्रिक औजार पाएका किसान खुशी छन् ।
ठाकुरबाबा नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजित बजेट मध्ये कृषि यान्त्रिक खरिदबाट कृषकहरुलाई ३५ प्रतिशत अनुदानमा कृषि यान्त्रिक उपकरण वितरण गरेको हो । १९ जनालाई पावरटेर्लर र ७ जानलाई रिपर दिइएको बताउँदै नगरपालिकाका कृषि शाखा प्राविधिक धुब्र बहादुर बमले दोस्रो चरणमा कृषकहरुलाई मिनि टिलर वितरण गर्ने कार्यक्रम रहेको बताए ।
नगरपालिकाका अधिकासं मानिस कृषि पेशामा आवद्ध रहेकाले साना किसानलाई लक्षित गरी औजार वितरण गरीएको नगर प्रमुख घन नारायण श्रेष्ठ बताउँछन् । कृषिलाई आधुनिकिकरण, ब्यवसायिकरण र ब्यवसायिलाई सहकारीकरण गर्ने उनको भनाई छ ।
यान्त्रिक औजारबाट ७ वटा कृषि समुह र १९ जान स्थानिय कृषक लाभान्वित भएका छन् । १९ वटा पावरटेर्लर ,१२ वटा मेनिरिटर र ७ वटा रिपर वितरण गरीएको छ । यान्त्रिक औजारमा अनुदान स्वरुप नगरपालिकाको आ.बा २०७७÷०७८ को बार्षिक बजेटबाट १५ लाख रुपिया विनियोजन गरेको थियो ।

