FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अविरल बर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुवानमा, हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परीणत

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    अविरल बर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुवानमा, हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परीणत

    अविरल बर्षासंगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा क्षति पु¥याएको छ । हेलम्बु गाउँपालिकाको तीम्वु वजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची वारका सयौँ घर बाढीले बगाएको छ । भने मेलम्ची–तीम्वु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । बाढीका कारण मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् ।

    मंगलबार साझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीका कारण बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । दुई पक्की मोटरबेल सहित आधा दर्जन झोलुंगे पुल र घर बगाएको छ । बाढीले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको छ । हेलम्बु र मेलम्चीको पूरै बजार डुबानमा परेको छ । बाढीमा माटो र बालुवा मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा पहिरो गएको प्रारम्भिक अनुमान छ । बाढीपहिरोमा परेका आठजनाको शव फेला परेको छ भने ६० जना भन्दा बढी बेपत्ता छन् । हेलम्बु र मेलम्चीका १ सय ३० भन्दा बढी घर पुरिएका छन् । भने हेलम्बुमा रहेका नौवटा माछा फार्म र मेलम्चीमा रहेको केही माछाफर्म बाढीले बगाएको छ । मेलम्ची बसपार्क क्षेत्रमा रहेका हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् भने मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन । स्थानीयहरुले रातीको बाढिबाट धेरै बासिन्दा हराएको बताएका छन् । उनीहरुले खोलाको वहाव कहिले घट्ने र कहिले बढ्ने गर्दा त्रास बढेको बताए ।

    हेलम्बु गाँउपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढी पछि सडक यातायातलाई सुचार गर्न सके सर्वसाधारणलाई राहतका साथै अन्य व्यवस्था गर्न सहज हुने बताए ।

    बाढी पछिको अवस्था बुझ्न मेलम्ची पुगेका कांग्रेस नेता मोहन बस्नेतको टोलीसंग उहाले एक्कासी आएको बाढीबाट क्षतिको पूर्ण रुपमा बिबरण नआएपछि सवै व्यवस्था स्थानीय तहले गर्ने बताए ।
    अहिले भने तत्काल सडक खुलाउनका लागि नै सरकारले ध्यान दिनुपर्ने उहाँको जिकिर छ । प्राकृतिक प्रकोपबाट भएको क्षतीबाट समस्यामा परेको जनतालाई छिटो भन्दा छिटो राहत उद्धारका काम गर्ने उहाको भनाई छ ।
    बाढीले मेलम्ची –हेलम्बु र मेलम्ची तिपेनी दुबै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । मेलम्चीबाट माथिल्लो क्षेत्र जोडिने सबै झोलुङ्गे र पक्की पुलहरु बाढीले बगाएको छ । हेलम्बु र पाँचपोखरी गाउँपालिका सडक सञ्जालवाट अलग भएको छ । मंगलबार साँझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथी भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो भने हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथी नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित