- Loading...
सर्जना समुदायिक वन कोहलपुरले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीका विरुवा रोप्यो
- कृषि टि.भी.
- १ साल अघि
- ३१ पटक पढिएको


सिर्जना समुदाकि वन उपभोत्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती रोपेको छ । कोहलपुर नगरपालिका १२ रोहिणी क्षेत्रमा रहेको वन समितिलाई कृषि ज्ञान केन्द्रले छानोट गरी कुल लागतको ५० प्रतिशत लगानीमा कागती रोपीएको हो ।

कोहलपुर नगरपालिका १२ रोहिणी खोला स्थित सिर्जना समुदायिक वनले करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको थियो । जंगल छेउमै भएकोले मनोरञ्जनका लागि आउने मानिसहरुलाई किरा, सर्प लगायत जङगली जनावरको ढर बढ्दै गएपछि समितिले १० हेक्टर जंगल फढानी गरी ४ हजार कागती रोपेको हो ।
गाँउका छेउ छाउमा भएका जंगल सफा हुनुका साथै खाली जमिनलाई सदुपयोग गर्ने र गरिब मानिसहरुलाई रोजगारी हुनुका साथै आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपिएको समितिका सदस्या महेन्द्र प्रसाद पौडेलले बताए ।
कोहलपुर नगरपालिकाले ६, ९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरेको छ । भने, नगर प्रमुख विशेष कार्यक्रमा पनि सञ्चालन गर्नै जनाएको छ । नगरपालिकाले नगरमा भएका किसानहरुलाई निशुल्क परामर्श दिनुका साथै फलफुलका विरुवा समेत वितरण गर्दै आएको कृषि शाखा प्रमुख चन्द लाल बुढा बताउँछन् ।
नगरपालिकाको सहयोगमा समितिले रोपेको कागती सुन कागती र कलम कागती हो । अनुदान रकम आय मुलक कृषि वन प्रवद्र्धन कागती खेती केन्द्रको रुपमा लगानी गरिएको कृषि ज्ञान केन्दले जनाएको छ ।
कागती खेतीमा १० लाख ७ हजार ३ सय १० रुपैँयामा ज्ञान केन्द्रको ५ लाख र बाँकी रकम समितिले लगानी गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेले ठाँउ पहिचान गरि यस्ता योजना अन्य स्थानमा पनि योजना सञ्चालन गर्न आवश्यक छ ।

