- Loading...
रावाबेशीका असिना पानी पीडित किसानहरुलाई राहत वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ४० पटक पढिएको


खोटाङ जिल्लाको रावाबेशी गाउँपालिकाले असिना पानीबाट पीडित बनेका किसानहरुलाई राहत वितरण गरेको छ । रावाबेंशी गाउँपालिका–६ हौचुरे पैंयाका असिना पीडित किसानहरुलाइ गाउँपालिकाले टोलटोलमै पुगेर राहत वितरण गरेको हो ।

गएको बैशाख २ र १५ गते असिना पानीबाट बालिनालि, फलफुल र तरकारी नष्ट भएपछि पीडित बनेका रावाबेंशी गाउँपालिका ६ हौचुरका पैयाँ, भोटेबास र बाघखोरका ३४ जना किसान किसानहरूको समस्यामा मलमपट्टि लगाउन गाउँपालिकाले प्रतिघर ३० केजी चामल, २ केजी दाल, २ केजी नुन र २ पोका खानेतेल गरि ७५ हजार रुपैँया बराबरको राहत वितरण गरिको छ । गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, हौचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, वडा सदस्य केशर गुरुङ, वडा सचिव यादव धमला, कृषि शाखा प्रमुख मुगाधन राई, पशु शाखा प्रमुख दिनेश ढुंङगाना लगायतले राहत वितरण गर्नुभएको हो । असिना पानीबाट बालिनालि गुमाएपछि निरास बनेका किसानको समस्यामा स्थानीय सरकार छ है भन्ने अनुभूति गराउन राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले जानकारि दिनुभयो । किसानलाई मल्हमपट्टि लगाउने उद्देश्यले सामान्य भएपनि राहत वितरण गरिएको र अरु ठाउँमा पनि देखा परेका प्राकृतिक बिपत्तिको क्षति हेरेर राहतको थप प्याकेज ल्याउने उहाँको भनाइ छ ।
गाउँपालिकाको कृषि शाखा र वडा नं ६ कार्यालयको सयुत पहलमा स्थलगत अनुगमन गरि प्राप्त प्रतिवेदन अनुसार विपद व्यस्थापन समितिको बैठकले उक्त राहत दिने निर्णय गरेको थियो । गएको बैशाख २ र १५ गते परेको असिना पानीबाट उक्त भेगको ५० हेक्टर बढि जमिनमा लगाईएको प्रमुख बालीहरु आलु, मकै, गहुं, फलफुल र तरकारी पूर्णरुपमा नष्ट भएको थियो । बालिनालि नष्ट भएपछि भोकमारी चल्ने खतरा रहेको किसानहरुले बताएका छन्। । यस गाउँपालिका राहत बितरणमा मात्र हैन किसानका हरेक समस्या समाधान गर्न अब्बल रहेको छ । केहि हप्ता अगाडि मात्रै बर्षे धानमा देखिएको राइस होपर प्रजातिको किरा नियन्त्रण गर्न सफल भएको छ ।

