- Loading...
बसन्ते मकैमा मलखाद तथा जातिय परिक्षण
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


शिवा शार्मा, बर्दिया । खुल्ला सिमानाका कारण भारतीय मकैको बिउले बर्दिया जिल्लामा प्राथमिकता पाएपछि एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाले नेपाली र भारतीय जातको मकैको परीक्षण गरेको छ । परीक्षणमा भारतीय बीउ भन्दा नेपाली बीउको राम्रो उत्पादन भएको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरापलिकामा स्मार्ट कृषि गाँउ कार्याक्रम कार्यान्वयन समितीले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको सहयोगमा बसन्ते मकैमा मलखाद तथा जातिय परिक्षण गरेको छ । सबै जातिका तयार भएको मकैको घोगाको नाप, तौल, दानाको आकार र उत्पादकत्व संमबन्धि निरीक्षण गरेका हो । कार्यक्रम अन्र्तगत विउ परिक्षणको लागि ४ जातका कन्चन हाईब्रेड, जिङ्ग फोर्रटिफाईभ मेज (शष्लअ ायचतषष्भम mबष्शभ) राजकुमार हाईब्रेड र रामपुर १० हाईब्रेड मकै लगाएको थियो । चार जातको मकै मध्ये सबै भन्दा राम्रो राजकुमार र नेपाली रामपुर हाईब्रेटको उत्पादन राम्रो भएपछि सबै किसानहरुले आगामी बर्ष देखि सोही जातको मकै लगाउने बताएका छन् ।
परीक्षणको रुपमा लगाएको मकैका चार जात मध्ये कृषकहरको रोजाइमा नेपालि हाईब्रेट रामपुर र राजकुमार परेको छ । आगामी दिनमा ईन्डीयन हाईब्रेट जातको मकै ल्याउनुभन्दा किसानको रोजाइमा परेको नेपाली हाईब्रेट मकैलाई नै प्राथमिकता दिने स्मार्ट कृषि कार्यान्वयन कार्यक्रम समितिले जनाएको छ ।
खुल्ला सिमानाका कारण किसानहरुले भारतीय जातको मकैलाई प्राथमिकता दिएपछि एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाले भारतीय र नेपाली हाईब्रेट जातको मकैको परीक्षण गरेर किसानहरुलाई देखाएको हो । बिरुवाको लम्बाई , घोगाको लम्बाई ,घोगामा दाना सख्या अनि दाना पनि पोटिलो हुने गर्दा रामपुर हाईब्रेड १० मकै एकदम राम्रो मानिएको छ ।
र, किसानहरुले पनि यसलाई प्राथमिकता दिने बताएका छन. । भने, बर्दिया जिल्लालाई मकैमा आत्मनिर्भर बनाउनका ५० हेक्टर क्षेत्रफल जमिनमा मकै मिसन कार्यक्रम पनि लागु छ ।
आगामी दिनमा सबै कृषकहरुले भारतबाट आयात हुने मकैको बिउ बहिस्कार गरी नेपाली जातको राजकुमार हाईब्रेट र रामपुर १० हाईब्रेट मकै लगाउने उदघोष गरेको छन् । बर्दिया जिल्लालाई मकैमा आत्मनिर्भर बनाउन मकै मिसन कार्यक्रम संचालन गरेको छ ।

