- Loading...
६४ जिल्लामा फौजी किराको प्रकोप
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


६४ जिल्लामा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भएका छन् । खेतको मकै उम्रिने बितिक्कै तथा डेढ फिट उचाइको हुँदा फौजी किराको आक्रमणमा परेको र अहिले सो प्रकोप बारीको मकैमा सल्किएको छ । कुन जिल्लामा कति किरा फैलिएका छन र किराले पु¥याएको क्षतिको विवरण जिम्मेवार निकायसँग छैन । किराको प्रकोप फैलिएको जिल्लाको केही जानकारीमा आए पनि त्यसको अवस्था र क्षतिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सन् २०१९ मा नेपालमा पहिलो पटक फेला परेको अमेरिकी फैजी किराका कारण पहिलो वर्ष कुल मकै खेतीयोग्य जमिनको ३८ प्रतिशत भूभागमा किरा भेटिएको र त्यसमध्ये पनि १६ प्रशितशत क्षेत्रफलको मकै बोटैसमेत सखाप बनाएको विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।


