FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाल डेरी एसोसिएसन मातहत रहेका उद्योगहरुलाई तत्काल लोगो लिन आव्हान

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    Post Thumbnail

    नेपाल डेरी एसोसिएसनले एसोसिएसन मातहत रहेका देशभरका डेरी उद्योगहरुलाई तत्काल लोगो लिइ प्रयोगमा ल्याउन आव्हान गरेको छ । प्रतिक चिन्ह (लोगो ) अंकित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सह हुने भएकाले एसोसिएसनले तत्काल लोगो लिइ प्रयोगमा ल्याउन आग्रह गरेको हो । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ पास भएपछि गत २०७७ साल चैत्र १२ गते अत्यन्तै महत्वका साथ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गर्नु भएको थियो । त्यसपछि सुचना प्रकाशित गरि राष्ट्रिय दुग्ध विकास बोर्डले सबै डेरी उद्योगहरुलाई आवश्यक कागजात सहित निबेदन दिन आव्हान गरेको थियो । आह्वान बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा आवश्यक परीक्षण पश्चात मिति २०७८ जेठ ३० गते बसेको बैठकको निर्णयले दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २ गते डिडिसी र ४ गते हिमालय डेरीलाई लोगो प्रदान गरिसकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित