FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जोर विजोर प्रणालीले किसान मारमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    जोर विजोर प्रणालीले किसान मारमा

    सरकारले मंगलबारबाट परिवर्तन गरेको निषेधाको मोडालिटिबाट किसानहरु मारमा परेका छन् । मंगलबारबाट सवारीसाधन सञ्चालनमा जोर विजोर प्रणाली लागु छ । जोर विजोर प्रणलीका कारण कृषि उत्पादन बोकेका दर्जनौं गाडी मंगलबार विहान काठमाडौँका विभिन्न ठाउँमा रोकिएका छन् । लामो समयको निषेधाज्ञाका कारण मारमा परेका कृषकहरु राज्यले केही खुकुलो नीति बनाउँदा खुसी देखिए पनि जोर–विजोर प्रणालीका कारण ठाउँ ठाउँमा तरकारी तथा दूध बोकेका गाडीहरु नै रोकिदा मारमा परेका छन् । गृह मन्त्रालयको सूचनामा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पसल विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने सूचना जारी छ । त्यसैगरी कुखुरा, दाना, चल्ला, पशुपक्षीजन्य पदार्थ, भेटेरिनरी, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यान र राखेर राती ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने पनि सूचनामा भनिएको छ । तर, यसमा जोर–विजोर प्रणालीको कुनै जानकारी दिइएको छैन । जसका कारण कृषकहरु प्रत्यक्ष मारमा परेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित