
- Loading...
कृषि अनुसन्धान निर्देशनालय तरहराले लक्ष्य अनुसार माछाका भुरा उत्पादन र बिक्री गर्न सकेन
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


पछिल्ला केही वर्ष देखि माछा पालक गर्ने किसानहरुको संख्या वढी रहेको छ । भने माछाको भुराको माग पनि बढेको छ । मागको आधारमा माछाका भुरा उत्पादन भने कम छ । प्रदेश नं एकमा रहेको कृषि अनुसन्धान निर्देशनालय तरहराले लक्ष्य अनुसार भुरा उत्पादन गर्न सकेको छैन् । निर्देशनालयले यसबर्ष दुई करोड भुरा उत्पादन गरी विक्री गर्ने लक्ष्य राखेकाको थियो तर लक्ष्य पुरा गर्न भने सकेन छ । निर्देशनालयका अनुसार विगतमा भुराको माग धान्न नसकिने अवस्था हुन्थ्यो । तर, यसबर्ष भुरा विक्री गर्ने समयमा देशभर निषेधाज्ञा हुँदा किसानहरु सहज रुपमा आएर भुरा लान सक्ने अवस्था नभएकाले लक्ष्य अनुसार भुरा विक्री गर्न नसकिएको कृषि अनुसन्धान निर्देशनालयका निर्देशक केशवप्रसाद श्रेष्ठ वताउछन । पचास प्रतिसत भन्दा केही वढी लक्ष्य पुरा भएपनि भुरा विक्रीको लक्ष्य भने पुरा नभएको स्वीकार्दे निर्देशनालयका निर्देशक श्रेष्ठ निशेधाज्ञा सहज भएपछि माग बढ्ने विश्वास व्यक्त गर्छन् ।

निर्देशनालयले प्रविधि विकास र भुरा उत्पादनमा जोड दिदै आएको वताउदै माछा वैज्ञानिक उमिता साह निर्देशनालयले लोपोन्मुख वन्दै गएका माछा, रैथाने जात र नयाँ प्रजातिका भुरा प्रजनन गरी उत्पादन गर्ने कार्यलाई समेत अघि वढाउने वताउछिन । किसानहरुबाट भुराको माग नआएका कारण लक्ष्य अनुसार उत्पादन नभएको साहको भनाई छ ।
अहिलेको समय रहु र नैनीको सिजन रहेकाले निर्देशनालयले रहु र नैनीका भुरा उत्पादनमा लागेको समेत जनाइएको छ । निर्देशनालयले किसानहरुका माग आए एक महिनामा तीन करोड भुराहरु उत्पादन गर्न सकिने जनाएको छ । नेपालमा माछाका माग अधिक हुने गरेपनि हाल २० प्रतिसत मात्र नोपली माछाले धानेको छ भने ८० प्रतिसत अन्य मुलुकमा भर पर्नुपर्ने बाध्यता छ ।

