FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फुल विक्री नहुदाँ काटेर फ्याक्न बाध्य पुष्प व्यवसायी

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    फुल विक्री नहुदाँ काटेर फ्याक्न बाध्य पुष्प व्यवसायी

    बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्वर २ जोगी गाउँमा पुष्प व्यवसायमा आवद्ध छिन विष्णु चौधरी । पहिले घरायसी काम मात्रै गर्दै आएकी उनी अहिले कोहलपुर नगरपालिका वडा नम्वर ५ मा ८ कट्ठा जमिन लिजमा लिएर पुष्प व्यवसाय गरीरहेकी छन् । विष्णुले सुबिदिप पुष्प उद्यान केन्द्र सञ्चालन गरेर व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै २ लाख नाफा कमाउन सफल भएकी भईन । ३ लाख लागतबाट शुरु गरेको व्यवसाय अहिले निशेधाज्ञाका कारण उत्पादित फुल बिक्री नहुँदा धरासयी बनेको छ ।

    यो बर्ष पनि फुल बिक्रि गर्ने समयमा लकडाउन भएपछि बारीमै फुलहरु ओइलाएका छन् । कोरोनाका कारण फुल बिक्रि नहुदाँ २ बर्षमा ४ लाख बराबरको घाटा भएको छ । पुष्प केन्द्रमा बेला बखत कृषि ज्ञान केन्द्र बाँके र नगरपालिकाबाट अनुगमन भैरहेको हुन्छ । उनले अहिले सम्म गाँउपालिकाबाट एकलाख र प्रदेश सरकारबाट ५० हजार अनुदान पाएकी छिन् । केही अम्दानी गर्न सके घर चलाउन आफ्नो श्रीमानलाई सहयोग हुने सोच बनाएर पुष्प व्यवसाय थालेकी विष्णुको सोच लकडाउनका कारण पुरा भएको छैन ।

    सरकारले निशेधाज्ञाका कारण धारसयी बनेको पुष्प व्यवसाय संरक्षण नगरे पुष्प व्यवसायबाट धेरै व्यवसायी पलाएन हुने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित