FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सार्वजनिक कुलो मिचेर बीरगञ्जमा हुलाश स्टिलले उद्योग निर्माण गर्दै

    • कृषि टि.भी.
    • १ साल अघि
    • १४ पटक पढिएको
    सार्वजनिक कुलो मिचेर बीरगञ्जमा हुलाश स्टिलले उद्योग निर्माण गर्दै

    हुलाश स्टिल कम्पनीले सार्वजनिक कुलो मिचेर बीरगञ्ज महानगरपालिकाको बेल्वा टोलमा नयाँ उद्योग निर्माण गर्दै छ । सार्वजनिक कुलो मिचर कम्पनीले उद्योग स्थापना गर्न लागेपछि स्थानीय किसान मर्कामा परेका छन् । उद्योग निर्माणको काम चलिरहेको छ । महानगरको वडा नं ३१ बेल्वा टोलमा दुई ओटा कुलो मिचेर नयाँ उद्योग निर्माण गरीरहेको कम्पनीले जबरजस्ती काम गरीरहेको स्थानीयको भनाई छ । खेतीगर्नका लागि पानी ल्याउने कुलो मिचेर कम्पनीले उद्योग निर्माण गरेपछि किसानहरु मारमा परेका छन् । मुख्य बाटोसँगै रहेको उधोगको जग्गासँगै रहेको २० फिटको एउटा र २४ फिटको अर्को कुलो गरि दुईवटा कुलो उधोगले मिचेर निर्माण कार्य गरिरहेको बेल्वा टोलका नेयाज अहम्द बताउँछन् । गाउँको सयौ बिगाहा जमिनमा सोही कुलोबाट सिँचाई हुदै आएको छ । तर, अहिले उधोगले कुलो मिचेर मुहान नै थुनिदिदा सिँचाई गर्न समस्या भएको छ ।

    उद्योग निर्माण गर्नुमा स्थानीयको विरोध छैन तर, सिँचाईको लागि गाउँलेहरुले प्रयोग गर्दै आएको कुलोको सँरक्षण हुनुपर्ने माग किसानहरुको छ । कुलो मिचिएपछि गाउँका किसानहरुले पटक पटक उद्योगको ध्यानकर्षण गराएपनि अटेर गर्दै आएको छ ।

    सार्बजनिक सम्पतिको रुपमा रहेको कुलोले बेल्वा, प्रसौनी,प्रसोतीपुर गरि तीनवटा टोलको ५ सय बिगाहा सिँचाई हुदै आएको छ । उधोगले २४ फिटको कुलो माटो पुरि दिएको तथा २० फिटको कुलोमा ५ फिटको कुलो मात्रै निर्माण गरीदिएको छ । उद्योगको बदमासीका कारण ५ सय विगाह जमिन सिचाइँको अभावमा बाझो रहने निश्चित छ । किसानलाई सिचाइ गर्न पानीनै नदिने गरी उद्योग निर्माण गर्नु कदापी जायज हैन । सार्वजनिक सम्पत्तिको रुपमा रहेको कुलोको संरक्षण गर्दे कम्पनीले नयाँ उद्योग बनाउनुपर्छ । त्यसरी, सार्वजनिक कुलो मिचेर किसानको रोजीरोटी गरी खाने खेति योग्य जमिनलाई बाँझो बनाउन लागि परेको उद्योगलाई जिम्मेवार निकायले समयमै तह लगाउनै पर्छ । नत्र किसानको विल्लीवाठ नहोलन भन्न सकिन्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित