FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कागतीका विरुवा रोपेको ठाउँलाई सदुपायेग गर्दै बाँसगढीका युवा तरकारी उत्पादनमा

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    कागतीका विरुवा रोपेको ठाउँलाई सदुपायेग गर्दै बाँसगढीका युवा तरकारी उत्पादनमा

    लक्ष्मण पुर एग्रो कृषि फर्म अहिले बाँसगढि नगरपालिकामा नमुना कृषि समुह बन्दै गएको छ । करिब ६ विगहा जमिनमा सुनकागती टु, आँप र लिची रोपेको फर्मले यसबर्षबाट विरुवा रोपेको बिच भागलाई सदुपययो गर्दे तरकारी खेती पनि गरेको छ । तर, बन्दाबन्दीले तरकारी बिक्री नहुदाँ बारीमै कुहीन थालेको छ ।।
    बाँसगढि नगरपालिका ३ लक्ष्मणपुरका विपन्न बर्गले ३ बर्ष पहिले करिब ६ विगहा जमिनमा कागती, आँप र लिची रोपेर लक्ष्मण पुर एग्रो कृषि फर्म सञ्चालन गरे । ३० लाख लगानीबाट सुरु भएको व्यवसायमा कागती उत्पादन हुन समय लाग्ने र बिरुवा रोपेको बिचमा धेरै जमिन खाली भएकाले यसबर्षबाट खाली ठाँउको सदुपयोग गर्दै तरकारी रोपे । तरकारी उत्पादन पनि राम्रो भएको थियो । तर, बन्दाबन्दीले तरकारी बिक्री नहुदाँ तरकारी खेतमै कुहिन थालेको छ ।

    रोपेको छोटो समयमै सुन कागती टु जातले फल दिन थालेपछि थप उत्साहित भएका छन् । फल दिने समय अवधि नपुग्दै फल दिन थालेपछि उनीहरुले विश्वास गर्नै सकेका छैनन् । कागती, आँप र लिचीलाई गत बर्ष असार महिनामा रोपेका थिए । समय नपुग्दै कागतीले फल दिने र खाली जमिनको सदुपयोग गरी तरकारी उत्पादन गर्न सफल हुदाँ काम गर्न उर्जा थपिएको बताउँछन् फर्म व्यवस्थापक कर्ण बहादुर कठायत । कर्णबहादुर ५ बर्ष बैदेशिक रोजगारीमा काम गरेर फर्किएपछि कृषि पेशामा लागेका ह्न् ।

    बर्दिया जिल्लामा यस्ता खाली ठाँउ थुप्रै छन् जुन प्रयोगमा आएका छैनन् । लक्ष्मणपुर कृषि समुहलाई बाँसगढि नगरपालिकाले सहयोग गरे जस्तै हरेक पालिकाले कृषि पेशा गर्न चाहने किसानहरुलाई सस्तोमा लिजमा जमिन दिए बर्दिया जिल्लाले कृषिमा थप फड्को मार्ने थियो कि ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित