FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका स्थानीयबासीमाथि नगरप्रमुख मुक्तिनाथले धक्कामुक्का गरे

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका स्थानीयबासीमाथि नगरप्रमुख मुक्तिनाथले धक्कामुक्का गरे

    शिवा शार्मा ।गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव र वडा नं ४ का स्थानीयबासी विच झडप भएको छ । स्थानीय सरकारले चार बर्षमा वडामा विकास निर्माणको काम केही नगरेको भन्दै वडाबासी ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका थिए । ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेका स्थानीयवासी नगर प्रमुख समयमा कार्यालय नआइपुगेपछि धर्नामा बसे । जब नगरप्रमुख २ बजे कार्यालय आईपुगे उनले धर्नामा बसेका वडाबासीलाई केही नसोधि गुडागर्दी शैलीमा महिलाहरुलाई लछारपछार पारे ।

    १९ सय ७८ घर भएको वडा नं चार विकास निर्माणको काममा ओझेलमा परेको छ । स्थानीयले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सडक पिच गरीदिन माग गरेका थिए । यता, वडाले बजेट सिलिङ अत्यतै न्युन भएकाले माग सम्बोध गर्न नसकिने बताएको थियो ।

    यता, नगरप्रमुख भने विकास आन्दोलन गरेर नआउने बताउँछन् । वडा बासीको माग जायज भएपनि माग गर्ने तरिका गलत रहेको उनको भनाई छ ।

    गुलरिया नगर कमीटी नेकपा एमालेका अध्यक्ष कृष्ण खनाल विकासको अपेक्ष्या गरेर जनताहरु नगरपालिकाका मेयर समक्ष आउने कुरा स्वभाविक रहेको बताउँदै मेयरले वडाबासीलाई देखाएको व्यवहार भने राम्रो नभएको बताए ।

    नगरप्रमुख मुक्तिनाथ यादबका सर्मथनहरुले नेकपा एमाले,नेकपा माओबादी केन्द्र लगायत अन्य बिरोधीहरुले सुनियोजित तरीकाले घटना घटाएको बताएका छन् भने उनी निबार्चित नेपाली काग्रेस पार्टिले यस घटना बारे पार्टिलाई कुनै जानकारी नभएको जनाएको छ । यता बर्दिया जिल्ला नेकपा एमाले र माओबादी केन्द्रले घटनाको घोर निन्दा गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित