FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चापाकोट नगरपालिकाकाको नीति तथा कार्यक्रम सार्वजनिक

    • कृषि टि.भी.
    • १ साल अघि
    • २५ पटक पढिएको
    चापाकोट नगरपालिकाकाको नीति तथा कार्यक्रम सार्वजनिक

    हिमाल न्यौपाने । स्याङ्जा चापाकोट नगरपालिकाको नवौं नगरसभा सोमवार सम्पन्न भएको छ । नगर प्रमुख शिव कुमार गिरीको अध्यक्षता सुरु भएको नगर सभामा नगर उप प्रमुख विमला श्रेष्ठले ५९ करोड ५४ लाख ३१ हजार रुपैंया बरावरको बजेट पेश गरेकी हुन् ।

    आज सम्पन्न नगरसभामा नगर प्रमुख शिव कुमार गिरि ले आर्थिक वर्ष ०७८र०७९ का लागि निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षका लागि चापकोट नगरपालिकाले आन्तरिक हवाइ मैदानको लागि चापाकोट नगरपालिका स्थित मचेडाडा मा निर्माण हुनेगरी ९म्एच्० को लागि आवश्क बजेट बिनियोजन गरेको छ ।

    यसैगरी नगरपालिकाले कृषि क्षेत्रमा चापाकोटको विकासका लागि वडा नम्बर ४ दार्शिङ मा निर्माणाधिन रहेको दूध चिस्यान केन्द्र तत्कालै सन्चालन मा ल्याउने गरी बजेटको व्यवस्था गरिएको छ । सुन्तलीटार मा आलु चिस्यान केन्द्र निर्माणका लागि पनि बजेट बिनियोजन भएको छ ।

    नगरपालिकाले चापाकोटलाई समृद्ध चापाकोट निर्माणकालागि शिक्षा ,स्वास्थ, कृषि ,पर्यटन बिकासका योजनाहरु छनौट गरी बजेटको व्यवस्था गरिएको छ भने स्वास्थ्य क्षेत्रमा हाल विद्यमान कोरोना भाइरस रोग नियन्त्रण र नागरिकको उपचारको सहज व्यवस्थाका लागि बजेटले सम्वोधन गरेको छ । विरामीहरुका लागि आइसोलेशन र क्वारेन्टीनको व्यवस्थालाई थप प्रभावकारी वनाउन बजेट व्यवस्था गरिएको समेत जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित