FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आँधीखोला गाउँपालिकाको नीति तथा कार्यक्रमः स्वास्थ्य, शिक्षा, कृषि, उद्यम प्राथमिकतामा

    • कृषि टि.भी.
    • १ साल अघि
    • १७ पटक पढिएको
    आँधीखोला गाउँपालिकाको नीति तथा कार्यक्रमः स्वास्थ्य, शिक्षा, कृषि, उद्यम प्राथमिकतामा

    हिमाल न्यौपाने,स्याङ्जा । आँधीखोला गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले नवौँ गाँउसभाबाट चालु वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

    कार्यक्रममा कृषि तथा फलफूल उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम संचालन गर्ने भनिएको छ । भूमि बैङ्क र चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, एक गाउ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने जस्ता कार्यक्रम छन् । स्याङजाको पहिचान बोकेको अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धा(ँअन्धी श्रवणकुमार अभियान’ सञ्चालन गर्ने भएको छ ।

    सबै जातजातिका, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, सबै वडा कार्यालयमा इन्टरनेटको व्यवस्था, २ वटा वडा बालमैत्री बनाइने, पालिकाबासीलाई एक घर एक धारा अनुरुप सर्वसुलभ र स्वच्छ खानेपानी उपलव्ध गराउने कार्यक्रमको लक्ष्य छ ।

    गाउँपालिकाको १० शय्याको अस्पतालको स्तरोन्नति गर्ने, योग ध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोषको स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो विद्यालय राम्रो विद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा नीति तथा कार्यक्रमले जोड दिएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित