FLASH NEWS
- Loading...
फेदीखोलाका विद्यार्थीलाई फलफूलका बिरुवा वितरण
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले पालिकालाई फलफूलका माध्यमबाट नमुना बनाउने योजनाअनुसार पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई फलफूलका बिरुवा उपहारस्वरूप दिएको हो ।

गाउँपालिकाले पालिकालाई फलफूलको माध्यमबाट नमुना बनाएर वातावरणीय सचेतना जागृत गर्ने उद्देश्यले सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १३९२ जना विद्यार्थीलाई कागतीका बिरुवा वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
