- Loading...
पोखरा महानगरपालिकाको बजेटः किसानलाई प्रोत्साहन गर्ने केही कार्यक्रम
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत किसानलाई प्रोत्साहन गर्ने केही कार्यक्रम ल्याएको छ । महनगरपालिकाले अनुदानको लागि २५ लाख विनियोजन गरेको छ । बाच्छी र पाडी हुर्काउँदा चार हजार अनुदान प्रोत्साहस्वरुप दिने बजेटमा उल्लेख छ । बजेटमा साना सिँचाई कार्यक्रम मार्फत् ग्रामीण क्षेत्रका कुलो तथा नहरहरुको मर्मत, स्रोत संरक्षण जस्ता कार्य गरिने, वडा तर्फबाट विनियोजित बजेटको अलावा, साना सिँचाइ क्षेत्रमा १ करोड बजेट विनियोजन प्रस्ताव गरिएको छ । हिउँदे खाद्यान्न बाली विस्तार तथा प्रवर्द्धनका लागि १० लाख विनियोजन गरेको छ । मुख्य कृषि उपजको समर्थन मूल्य तोक्ने प्रयोजनको लागि २५ लाख प्रस्ताव गरेको छ । कृषि उपजको पकेट क्षेत्रमा संकलन केन्द्र, राजमार्ग छेउमा साना किसान लक्षित बिक्री केन्द्र, तथा भण्डारण एवं प्रशोधन केन्द्रहरुको विकास तथा विस्तार गरिने उल्लेख छ । किसान बजारहरु व्यवस्थित बनाउन ५० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, पशुसेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरण जस्ता कार्यहरु संचालन गरिने बजेटमा छ । त्यस्तै, व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्ने जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन गरेको छ । पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनको लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गर्न ३० लाख बजेट प्रस्ताव गरेको छ ।


